Breaking News
Home / News / इनारमा फालेर छोरीको हत्या गर्ने आमालाई १ वर्ष ५ महिना कैद सजाय

इनारमा फालेर छोरीको हत्या गर्ने आमालाई १ वर्ष ५ महिना कैद सजाय

नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले आज सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली हत्या गरेको ठहर गर्दै खड्कालाई कैद सजायको फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलले जानकारी दिए ।खड्काले छोरी दिलसालाई इनारमा फ्यालेर पछिबाट आफू पनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको थियो भने इलाका प्रहरी कार्यालय लहानले खडकालाई उद्धार गरी बचाएको थियो ।घरायसी विवाद भएपछि छोरीलाई इनारमा फाल्दा छोरीको मृत्यु भएको थियो ।

source:news24

About Dailynews Pokhara

Check Also

जन्म दिने आमा नै राक्षस भएपछि – धेरै रोएको भन्दै रिसको झोंकमा आफ्नै छोरीको घाँटीमा सल कसेर हत्या गरिन १८ महिने बच्चालाई …..

डेढ वर्षीया छोरीलाई हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । राइनास नगरपालिका–३ ढाँडखर्ककी …