Breaking News
Home / News / नेपाल धेरै राम्रो छ सुनेर काठमाडौं–पोखरा घुम्न आएँ विमान दुर्घटनामा श्रीमान् र छोरी नै गुमाए ! (पुरा विवरण हेर्नुहोस )

नेपाल धेरै राम्रो छ सुनेर काठमाडौं–पोखरा घुम्न आएँ विमान दुर्घटनामा श्रीमान् र छोरी नै गुमाए ! (पुरा विवरण हेर्नुहोस )

म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि मेरोसामु धेरै वर्णन गरेका थिए । त्यसैले म नेपाल घुम्न आतुर थिएँ ।परिवारसँग नेपाल घुम्ने सल्लाह भयो । अरू साथीहरूसँग पनि सल्लाह भयो । अन्ततः हामी नेपाल आउने तय भयो, मार्चको दोस्रो साता । नेपाल आउने चाहना राख्ने त अरू पनि थिए, तर उनीहरूको समय मिलेन ।अन्तिममा म, मेरो बच्चा र श्रीमान्सहित अन्य दुईजना नेपाल आउने निर्णयमा पुग्यौँ । सात दिनसम्म नेपाल घुम्ने उद्देश्यले हामी सोमबार ढाकाबाट नेपालका लागि उड्यौँ । नेपालमा काठमाडौं र पोखरा घुम्ने हाम्रो योजना थियो । यसका लागि हामीले सात दिनको छुट्टी लिएका थियौँ ।नेपाल आउन पाउँदा निकै उत्साहित थियौँ । जहाजमा चढेपछि कतिवेला नेपाल पुगिएला भन्ने कौतूहल मनमा थियो । केही घन्टाको जहाज यात्रापछि डाँडाकाँडा देखियो । हिउँले ढाकिएका पहाड देखिए । निकै रोमाञ्चित भएर त्यसलाई नियालिरह्यौँ ।जहाजभित्र काठमाडौं आइपुगेको ‘अनाउन्स’ भयो । हामी थप रोमाञ्चित भयौँ । जहाज अवतरण गर्न तल–तल झर्‍यो । काठमाडौंका घर देखिए । पछि विमानस्थलको रनवे देखियो । तर, जहाज रन वेतर्फ गएन । मनमा चसक्क पस्यो । जहाज घुम्यो । केही बेरपछि फेरि रेनवे देखियो । तर, जहाज सही दिशामा थिएन ।जहाज एक्कासि बजारिएको आवाज आयो । जहाजभित्रका सबै आत्तिए । कोही कराउन लागे । कोही चिच्याउन लागे । जहाजभित्र डढेको गन्ध आउन थाल्यो । तर, जहाज रोकिएको थिएन । सिट बेल्ट बाँधिएकाले कोही हिँडडुल गर्न पनि सकेको थिएन । तर, सबै चिच्याइरहेका थिए ।केही बेरमा जहाज रोकियो । जहाजमा आगो दन्किएको देखियो । जहाजभित्र यात्रुको भागदौड मच्चियो । सबैले गुहार माग्न लागे । कोही रुन थाले । कोही कराउन थाले । मसँगै हुनुहुन्थ्यो मेरा श्रीमान् र काखमा थियो सानो बच्चा ।सिट बेल्ट बाँधिएकाले हामी कहीँ जान सकिरहेका थिएनौँ । तर, अरूले भने सिट बेल्ट खोलेर जहाजभित्रको इमर्जेन्सी ढोका खोल्दै थिए । कोही जहाजभित्रैबाट सिसा फुटाइरहेका देखिन्थे ।हामी भने केही गर्न सकिरहेका थिएनौँ । तर, जहाज झन्–झन् दन्कँदै थियो । के गर्ने केही मेसो पाउन सकिरहेका थिएनौँ । बच्चा काखमा च्यापिरहेकी थिएँ । आगो दन्किँदै झन्–झन् नजिक आउन थाल्यो ।डरले म सिटमै बसिरहेँ । यत्तिकैमा मेरो हात कसैले तान्यो । त्यसवेलासम्म म अर्धचेत अवस्थामा पुगिसकेकी थिएँ । त्यसपछि के भयो, मैले केही मेसो पाउन सकेकी छैन ।अहिले म अस्पतालको बेडमा छु । मेरा श्रीमान् र बच्चा हराइरहेका छन् । मैले सबैलाई सोधेँ । तर, कसैले पनि उत्तर दिएका छैनन् । सबैले ‘मिसिङ’ मात्रै भनिरहेका छन् । उनीहरू कहाँ छन् ? मलाई केही थाहा छैन । मसँगै आएका अन्य दुई साथी भने सकुशल भएको खबर पाएकी छु ।

यो पनि पढ्नुहोस् :

काठमाडौं : सोमबार भएको युएस बंगला विमान दुर्घटनामा घाइते भएर काठमाडौं मेडिकल कलेजमा उपचाररत दुई जनाको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।विमान दुर्घटनामा परेकामध्ये हालसम्म केएमसी अस्पतालमा आठ जना बंगलादेशी नागरिक र दुई जना नेपालीसहित १० जनाको उपचार भइरहेको र उपचाररतमध्ये दुईको अवस्था गम्भीर रहेको उनीहरूको उपचारमा संलग्न चिकित्सक डा. राजिवराज मानन्धरले बताए।हाल अस्पतालमा उपचाररतमध्ये दुई जना नेपाली नागरिक प्रिन्सी धामी र समिरा व्यन्जनकारको अवस्था गम्भीर रहेको र हाल उनीहरूको आइसियुमा राखेर उपचार भइरहेको समेत डा. मानन्धरले बताए।‘हाम्रोमा जम्मा २५ जना बिरामीहरू आउनुभएको थियो, जसमध्ये केहीको निधन भयो भने केही उपचारका लागि अन्त जानुभएको छ’, उनले भने, ‘त्यसैले अहिले हाम्रोमा १० बिरामी उपचाररत हुनुहुन्छ, जसमध्ये दुई जनाको अवस्था अझै चिन्ता जनक छ।’आठ जना बंगलादेशी नागरिकहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र केही बिरामीलाई उनीहरूकै चाहनामा बंगलादेश नै रिफर गर्न लागिएको समेत डा. मानन्धरले बताए। उनले भने, ‘हाम्रोमा आठ जना बंगलादेशी नागरिक उपचाररत हुनुहुन्छ। उहाँहरू सबै खतरामुक्त हुनुहुन्छ।केही बिरामीले आफ्नै देशमा जाने इच्छा देखाएकाले हामीले उतै रिफर गर्दै छौँ। आज एक जना जाँदै हुनुहुन्छ भने भोलि तीन जना बिरामीलाई पठाउने तयारी भइरहेको छ।’ यस्तै, नर्भिक अस्पतालमा उपचारका लागि गएका सात जना घाइतेमध्ये हाल दुई जना बंगलादेशी र एक जना नेपाली गरी तीन जना मात्र उपचाररत रहेको र उनीहरूको अवस्था खतारमुक्त रहेको अस्पतालले जनाएको छ।उपचारका लागि आएकामध्ये दुई जना उपचारपश्चात घर गएको र दुई जना अन्य अस्पतालमा रिफर गएकासमेत अस्पतालले जानाएको छ। यता, ओम अस्पतालमा उपचारका लागि लगिएको बंगलादेशी नागरिक डा. रिजवानुअल हकलाई भने एयर एम्बुलेसबाट सिंगापुर लगिएको अस्पताले बताएको छ।

source:onlinepalanchok

About Dailynews Pokhara

Check Also

धान खेतमा माछा मार्दै थिए यि बालकहरु भयो यस्तो अचम्म … मुटु दरो हुनेले हेर्नुहोस

source:combodia daily life