Breaking News
Home / Model photos / “सलमानको आयोजकले हेपे,हिन्दी गीतमा नाच्न मेरो नैतिकताले दिँदैन”-स्वस्तिमा
Loading...

“सलमानको आयोजकले हेपे,हिन्दी गीतमा नाच्न मेरो नैतिकताले दिँदैन”-स्वस्तिमा

बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चाले उनका फ्यानहरुमा एकप्रकारको तंरग नै पैदा गरेको छ । अगामी मार्चमा टुँडिखेलमा हुने सलमान खानको ‘दबङ दी टुर’मा सलमानसँगै बलिउडका केही चर्चित हस्तीहरू नेपाल आउदैँछन् । सोही कार्यक्रमको लागी नेपालका आयोजकले नेपाली नायिकाहरू प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईलाई सलमानको सोमा उनीसँगै कोरसको रूपमा नृत्य गर्न अफर गरेको थियो । उक्त अफर यी अभिनेत्रीले अस्वीकार गरेका हुन् । तिन अभिनेत्री मध्य  एक स्वस्तिमा खड्काले आयोजकको  हेपाई व्यवहारले अफर अस्विकार गरेको बताएकी छिन् ।उनी भन्छिन् विदेशी कलाकार नेपाल आउनु हाम्रो लागी खुसीको कुरा हो । म उहाँहरूलाई सम्मान गर्छु । तर हामीलाई आयोजकले अफर गर्दा हेपाई तरिकाले अफर गरिएको थियो । एउटा नेपाली कलाकार भएर नेपालको कार्यक्रममा हिन्दी गीतमा नाच्न सायद मेरो नैतिकताले दिँदैन होला । उनी थप्छिन् सामाजिक कामको लागी भएको भए पारिश्रमिक नै नलिएर काम गर्थे होला । तर टिकट मंहगो छ । बलिउडका कलाकारलाई मोटो रकममा ल्याउनु भएको छ ।अनि हामी नेपाली कलाकारलाई चाहिँ किन पारिश्रमिक नदिने ?  हेपेर प्रस्ताव गरिएको कारण नै उनले अस्वीकार गरेको बताइन् । आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्टले नेपाली कलाकारलाई हेपेको भन्दै उनले आक्रोससमेत व्यक्त गरिन् ।बुझिए अनुसार आयोजक ओडीसीले अभिनेत्रीहरूलाई एक लाख पारिश्रमिकमा नृत्य, ड्रेस र रिहर्सल समेत सकाउने प्रस्ताव गरेका थियो ।

source:news24

Loading...

About Dailynews Pokhara

Check Also

जमराको जुस पिउनुहोस् क्यान्सर,मधुमेह,चिनि रोग जस्ता खतरानाग रोगहरु भगाउनुहोस् हेर्नुहोस् ,उमार्ने र पिउने तरिका सहित

फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण …

Loading...