Breaking News
Home / Health / रक्तचाप सन्तुलित राख्न कागती देखि प्याजका अचुक फाइदाहरु
Loading...

रक्तचाप सन्तुलित राख्न कागती देखि प्याजका अचुक फाइदाहरु

मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ। सामान्य रक्तचाप भनेको १२०/८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ।कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५/७५को रक्तचापमा २०/१० का दरले बढ्दै दोब्बर हुनसक्छ। सामान्य रक्तचाप भएको ५५ वर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ।पछिल्लो समय कम उमेरमै मानिसमा उच्च रक्तचापको समस्या देखिने गर्छ । अव्यवस्थित जीवनशैली र तनावका कारण यस्तो समस्या निम्तिने गर्छ । उच्च रक्तचापलाई पूर्ण रूपमा निर्मूल पार्न निकै गाह्रो हुन्छ । तर, यसलाई नियन्त्रण भने गर्न सकिन्छ । त्यसका लागि खाना र व्यायाममा विशेष ध्यान दिन जरुरी छ । यस्ता खाद्यपदार्थ, जसले शरीरमा रक्तसञ्चारलाई व्यवस्थित गर्ने काम गर्छ स्

कागती :कागतीबाट अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ । यसले पनि लो ब्लडप्रेसर रोगीका लागि फाइदा पुर्‍याउँछ । कागतीको प्रयोगले ब्लडप्रेसर अनियन्त्रित रूपमा तल–माथि हुनबाट बचाउँछ ।

मह: रक्तचाप कन्ट्रोल गर्नका लागि मह पनि औषधि साबित हुन सक्छ । महमा हुने अलिगो सेचुराइड नामक तत्वले उच्च रक्तचापलाई कम गर्छ । त्यसैले महको प्रयोग गर्दा रक्तचाप सामान्य बन्न सघाउ पुग्छ ।

कालो खुर्सानी: शरीरमा रक्तसञ्चार असन्तुलित हुने समस्या भएमा कालो खुर्सानीको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो खुर्सानीले शरीरको रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । यसले प्लेटलेट्सलाई एक–आपसमा ठोक्किनबाट पनि रोक्छ । जसले गर्दा रक्तसञ्चार व्यवस्थित हुन सघाउ पुग्छ ।

केरा: उच्च रक्तचापको समस्याबाट ग्रसित हुनुहुन्छ भने दैनिक रूपमा केराको प्रयोग गर्दा पनि हुन्छ । केराबाट प्रशस्त मात्रामा पोटासियम पाइन्छ, जसले रक्तसञ्चारलाई व्यवस्थित गर्छ । केरा मिर्गौलाका लागि पनि फाइदाजनक फल हो ।

प्याज:प्याजमा क्वेरसेटिन नामक तत्व पाइन्छ, जसले लो ब्लडप्रेसरलाई सामान्य गर्ने काम गर्छ । खानापछि सलादका रूपमा प्याजको प्रयोग गर्दा निकै लाभदायक हुन्छ ।\

यस्ता छन् बदामभित्र लुकेका आश्चर्यजक फाइदा, जो तपाईलाई थाहाँ नहुन सक्छ

जाडो मौसम सुरु भइसकेको छ। जाडो मौसममा पाइने विभिन्न खानेकुरामध्ये बदाम पनि एक हो। पौष्टिक तत्वयुक्त बदाम खाँदा हुने फाईदा यस्ता छन्ः

तौल नियन्त्रण गर्छः बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ। मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।

क्यान्सरबाट बचाउँछः बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ। फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।

कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ।

डायबिटिजबाट जोगाउँछः म्याग्नेसियमका कारण बदाम शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न फाइदाजनक मानिन्छ र डायबिटिजको समस्याबाट जोगाउँछ।

स्ट्रोकको खतराबाट जोगाउछ : बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ।

डिप्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस।

शिशुलाई स्वस्थ बनाउँछः बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ। तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ।

छालामा चमक ल्याउँछः बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउछ। बदाममा पाइने पोषणयुक्त फाईबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ। बदाममा बृद्ध हुनबाट जोगाउने अणु हुन्छ जसले छालालाई चाउरी पर्नबाट जोगाउछ। नियमित बदामको सेबनले अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन।

कपाल सुन्दर बनाउँछः बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन्। तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ। लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ।

source:donnepal

Loading...

About Dailynews Pokhara

Check Also

बाबा अामाले 3 बर्षमै छाेडि गए हजुर अामालार्इ नाति पाल्न सारै कठिनार्इ

source:Nepali Sandes Online Media

Loading...