Breaking News
Home / News / एक हजार ८ सय ७४ वर्ष पुगेको जिवित मानिस नेपालमा भेटिए , प्रमाणसहित
Loading...

एक हजार ८ सय ७४ वर्ष पुगेको जिवित मानिस नेपालमा भेटिए , प्रमाणसहित

संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला ? सय देखि २ सय वर्षसम्मका हुन सक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अच्चम मान्नु पर्दैन, उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भएको प्रमाण नै फेला परेको छ ।आम नेपालीनागरिकको उमेर नेपाली नागरिताको प्रामाण पत्रले प्रमाणित गर्दछ । त्यही नागरिकताको प्रामाण पत्रलाई आधार मान्ने हो । राउतको उमेर अहिले दुई शताब्दी पुगि सकेको छ । अर्थात एक हजार ८ सय ७४ वर्ष पुगेको हो ।‘खै मेरो नागरिकतामा मेरो उमेर एक हजार ८ सय ७४ वर्ष पुगेको छ रे,’ राज बहादुर राउतले भने, ‘मेरा बाबा र आमाले भनेअनुसार मेरो जन्म २००० साल हो र हाम मेरो उमेर ७४ वर्ष पुग्नु पर्ने हो ।’एक हजार ८ सय ४५ वर्ष पुगेको ४÷८६०÷१२३५ नम्वर रहेको नागरिकता राउतको नाममा टोली प्रमुख सुरेन्द्र नाथ आर्यालयले नागरिकता २०४४ साल चैत्र २९ गते प्रमाणित गरेका छन । अहिले राउतको उमेर ७४ वर्ष पुगेको छ ।त्यसपछि २०७३ साल असार २० गते नागरिकाताको पहिलो प्रतिलिपी इलाका प्रशासन कार्यालय कटारीबाट लिएका छन । नागरिकताका अनुसार राउतले २०४४ सालमा जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गाँउमा गएको टोलीबाट लिएका हुन् ।

उनको जन्म मिति वि.सं २००० साल हो तर, दुई÷दुई पटक नागरिकता बनाउँदा समेत जन्म मिति वि.सं २०० साल लेखिदिए । जन्मेको महिना र गतेसम्म उल्लेख गरिएको छैन । नागरिताको आधारमा ७४ वर्षे बृद्ध राउतको उमेर अहिले एक हजार ८ सय ७४ वर्ष भयो । जुन सरकारी कर्मचारीकै गल्ती हो । ‘नागरिताको फोटो देखाउँदै पत्रकार जीवनाथ दाहालले भने, ‘सेवाग्रहीप्रति सरकारी निकायका कर्मचारी गम्भिर नबन्दा बृद्धाको उमेर दुई शताब्दी पुग्यो ।’

यता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी लिएका राउतको जन्म मिति समेत राम्ररी नहेरी प्रतिलिपी दिने इलाका प्रशासन कार्यालयका कटारी शाखा अधिकृत सुनिल पौडेल रहेका छन् । पौडेलले पनि कुनै त्रुटि नऔल्याइकन प्रमाणित गरेका हुन् । २०४४ सालमा गाँउमा गएको टोलीबाट विग्रेको नागरिकता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी बनाउँदा पनि सच्चिएन । इलाका प्रशासन कार्यालय कटारीका प्रमुख शाखा अधिकृत सुनिल पौडेलले तत्काल सच्चाउने बताए ।

source:online24post

Loading...

About Dailynews Pokhara

Check Also

दुबै बालकको रहस्य खोले रवि लामिछाने | एक छिनमै भयो यस्तो घटना rabilamichhane

source:newNEPAL.com

Loading...