Breaking News
Home / Uncategorized / राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आजको राशिफल

वि.स.२०७५ साल जेष्ठ १४ गते । सोमबार । ईश्वी सन् २०१८ मे २८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि चतुर्दशी ३३ घडी २७ पला,बेलुकी ६ बजेर ३४ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र विशाखा ४५ घडी १२ पला,बेलुकी ११ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग परिध ३१ घडि ५२ पला,बेलुकी ५ बजेर ५६ मिनेट उप्रान्त शिव ।

करण गर,बिहान ६ बजेर २३ मिनेट उप्रान्त वणिज,बेलुकी ६ बजेर ३४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मित्र योग । चन्द्रराशि तुला,बेलुकी ४ बजेर ५८ मिनेट उप्रान्त बृश्चिक । 

काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५२ मिनेट । दिनमान ३४ घडी १० पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ । बेलुकीपखको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला ।

शुभ अंक — ४

शुभ रंग — गुलावी

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग —  सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुँनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ६

शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनितिमा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । साझपख अध्ययनमा सुधार हुने योग रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग — खरानि

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ । साझपखको समय मध्ययम रहेकोले घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

शुभ अंक — ९

शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । साझपख दाजुभाई तथा आफन्त सँग बिवाद हुन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । साझपख सुन्दर तथा बिलाशी बस्तुको प्रयोग गर्न पाउदा मन प्रशन्न हुनेछ ।

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न भौतिक तथा बिलाशि सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानि हुने व्यावसायमा लगानि गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मनग्गे आम्दानि गर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसाय बाट मनग्गे आम्दानि हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । साझपख लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

शुभ  अंक — ३

शुभ रंग — हरियो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुँनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — १

शुभ रंग — निलो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरुसँग भेटघाट हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने तपाईको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुँनेछ । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउँन सकिनेछ ।

शुभ अंक — ७

शुभ रंग — हरियो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ । साझपख समयमा सुधार आउने हुनाले पढाई लेखाई लगाएत अन्य बिषयबस्तुहरु मिल्दै जाने योग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् । 

source:ratopati

About Dailynews Pokhara

Check Also

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आजको राशिफल वि.स.२०७५ साल जेष्ठ १५ गते । मंगलबार । ईश्वी सन् २०१८ मे २९ …