Breaking News
Home / Model photos / बुढो काममा गएको बेला सासुले गर्दा बुहारी र दुवै नातिहरुले सधैका लागि संसार त्यागे – यो दर्दनाक घटना पढ्दा कसको आँखामा आँशु रसाउदैन र !
Loading...

बुढो काममा गएको बेला सासुले गर्दा बुहारी र दुवै नातिहरुले सधैका लागि संसार त्यागे – यो दर्दनाक घटना पढ्दा कसको आँखामा आँशु रसाउदैन र !

सासुसँग झगडा परेपछि बुहारीले सासुलाई भनिन् ‘धेरै भइसक्यो अब तेरो बंश मैले चल्न दिन्न ।’ त्यसपछि ती बुहारी आफ्ना दुई छोरालाई लिएर घरबाट निस्किइन् । साँझ उनका श्रीमान् घरमा आएर श्रीमतीलाई खोजे । उनकी श्रीमती र छोराहरु नजिकैको इनारमा डुबेका थिए । रातीमात्र प्रहरीले उनीहरुको लाशलाई बाहिर निकालेको छ ।ती बुहारीले सासुको निरन्तर यातनाबाट दिक्क भएर आत्महत्या गरेको बताइएको छ । भारतको ग्वालियर शिवपुरीको टोडा पिछोर गाउँमा अनिल लोधीकी श्रीमती ब्रजकुँवरले यसरी आत्महत्या गरेकी हुन् । उनले आफ्ना दुई छोरा जयदेव र लोकेन्द्रलाई समेत साथमै लिएर आत्महत्या गरिन् ।बुहारीको आफ्नो सासुसँग सबैंजसो झगडा परिरहन्थ्यो । यो कुरा अनिललाई पनि थाहा थियो । हिजो सोमबार अनिल काममा निस्केपछि सासुबुहारीमा ठूलै झगडा परेको थियो ।झगडाका क्रममा बुहारीले अब मेरो लाशमात्र यो घरमा आउँछ । दुवै छोरासँगै मर्छु । अब तेरो वंश चल्न दिन्न भनेर दुवै बच्चालाई लिएर घरबाट निस्किइन् ।साँझ अनिल फर्केर श्रीमती छोराछोरीलाई खोज्दा आमाले झगडा गएर छोराहरु लिएर गएको बताएपछि उनले खोज्न थाले । कसैले उनकी श्रीमतीलाई छोराहरुसित इनारतिर गएको देखेको बताएपछि उनले इनारमा गएर हेर्दा त्यहाँ तीनैजनाको लाश थियो । प्रहरीले तीनैजनाको शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

source:donnepal

Loading...

About Dailynews Pokhara

Check Also

जमराको जुस पिउनुहोस् क्यान्सर,मधुमेह,चिनि रोग जस्ता खतरानाग रोगहरु भगाउनुहोस् हेर्नुहोस् ,उमार्ने र पिउने तरिका सहित

फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण …

Loading...