Breaking News
Home / News / रोल्पामा बसलाई साइड दिँदा ट्याक्टर खोलामा खस्यो, दुईको मृत्यु, एकको अवस्था गम्भीर

रोल्पामा बसलाई साइड दिँदा ट्याक्टर खोलामा खस्यो, दुईको मृत्यु, एकको अवस्था गम्भीर

रोल्पामा बसलाई साइड दिने क्रममा ट्याक्टर खोलामा खस्दा दूईजनाको घटनास्थलमै ज्यान गएको छ ।प्रदेश नम्बर ७ बाट खेलाडी लिएर सदरमुकाम लिबाङतर्फ आउँदै गरेको महाकाली यातायातको ना २ ख ५२५ नम्बरको यात्रुवाहक बस र सुलिचौरबाट खुङ्ग्रीतर्फ गैरहेको लु १ त ७१५६ नमबरको ट्याक्टरले सुनिल स्मृती गाउँपालिका -२ खुङ्ग्रीको देउखुरि खोला नजिकै घुम्तिमा साइड दिने क्रममा ट्याक्टर खोलामा खस्दा  ट्याक्टरमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।दुर्घटनामा सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर छिर्नेका अन्दाजी २८ बर्षीय शिव वली र सोही गाउँपालिका बाग्माका अन्दाजी २८ बर्षीय ट्याक्टर चालक तारा रोकाको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा तुलसीपुर उपमहानगरपालिकाका किरण रानालाई सुलिचौरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोल्पुर मेडिकल कलेजम रिफर गरिएको छ ।रोल्पामा शनिबारबाट सुरु हुने सभामुख कपका लागि प्रदेश नम्बर ७ बाट खेलाडी लिएर आएको बसमा समान्य क्षती पुगेको छ भने बसमा सवार सबै यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

source:jaljalaonline

About Dailynews Pokhara

Check Also

आपसमा हात बाँधिएको अवस्थामा भेटियो जोडीको लाश, हत्या कि आत्महत्या ?

नदीको किनारमा आधा पानीमा डुबेको अवस्थामा जोडीको लाश भेटिएको छ । जोडीको हात एक आपसमा …