Breaking News
Home / News / मान्छेको हृदय पनि कति कठोर ,गर्भ रहकोे थाहा भएपछि भिरबाट धकेलेर युवतीको हत्या-देख्ने बित्तिकै रिप लेख्नुहोला

मान्छेको हृदय पनि कति कठोर ,गर्भ रहकोे थाहा भएपछि भिरबाट धकेलेर युवतीको हत्या-देख्ने बित्तिकै रिप लेख्नुहोला

सुर्खेतमा एक युवकले भिरबाट धकेलेर युवतीको हत्या गरेका छन् ।विवाह नभइकन यौन सम्पर्क भएपछि युवतीले विवाह गर्न दवाव दिएपछि युवकले भिरबाट धकलेर युवतीको हत्या गरेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपूरी–२, सालकोटकी २१ वर्षीय गिता चपागाँईको बराहताल गाउँपालिकाका कुनाथरीका १९ वर्षका सुवास बोहोराले हत्या गरेको प्रहरीले जनाएको छ ।केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अनुसन्धानले गिताको हत्या सुवास बोहोराले गरेको खुलासा भएको हो । शारिरीक सम्बन्धपछि गर्भ रहेकोले गिताले पटक–पटक विवाह गर्न भनेपछि सुवासले गिताको हत्या गरेका हुन् ।गिताले पटक–पटक विवाह गर्न भनेपछि सुवासले गितालाइ हत्या गर्ने योजनासहित सालकोट वरीपरी भेट्न दवाव दिए । भेटमा उनीहरुबीच विवाहकै विषयमा झगडा पर्यो ।पछि पञ्चपूरीको जामुने जंगलको भिरबाट धकलेर सुवासले गिताको हत्या गरे । बोहोरालाई प्रहरीले काभे्रपलाञ्चोकबाट पक्राउ गरेर शनिबार साँझ सुर्खेत ल्याएको हो । बोहोरा गिताको हत्या गरेर काभे्रपलाञ्चोक गएर मजदूरी गरेर बसेका थिए । गिताको परिवारले कर्तव्य ज्यान अन्तर्गत मुद्धामा दर्ता गरेकाले आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो ।गिता गएको पुस ४ गते घरबाट हराएकी थिइन् । उनलाई बोहोराले त्यसै दिन राति ११ बजेतिर जामुने जंगलमा हत्या गरी खोल्सामा फालेको बोहोराले बयान दिएको एसपी चतुवेदीले जानकारी दिनुभयो ।गएको माघ ९ गते घटना भएकै ठाउँ पञ्चपूरी नगरपालिका–८, जामुने जंगलमा टाउकोको (कंमकाल) भटिएको थियो । प्रहरीले कंकाल गिताको हुन सक्ने आशंकामा डिएनए परीक्षणको गराएको थियो । घटना भएको ठाउँ जामुने जंगलमा प्रहरीले गिताले लगाएको कपडा, चप्पल, काँठा र कपाल पनि फेला पारेको थियो ।यसरी गरेका थिए सुवासले गिताको हत्या
गिता र सुवासको २०७४ वैशाख २८ गते पहिलो पटक फोनमा कुराकानी भएको थियो । गिताको साथी मार्फत उनीहरु फोन सम्पर्क गर्न सफल भएका थिए । त्यस पछि गिता र सुवासको निरन्तर फोनमा कुरा भइरह्यो ।उनीहरुबीच प्रत्यक्ष भेट भने गएको असार ६ गते भएको थियो । प्रहरीको अनुसन्धानमा घटना घट्नुअघि गिता र सुवासबीच पटक–पटक भेट भएको थियो । भेटघाट बाक्लिँदै गएपछि उनीहरुबीच शारिरीक सम्बन्ध राख्ने कुराकानी भयो । उनीहरुबीच योन सम्पर्क पनि भयो ।यौन सम्पर्क भएपछि गिताको गर्भ रह्यो । गिताले गर्भ रहेको कुरा सुवासलाई भनिन् । त्यसपछि उनले विवाह गर्न सुवासलाई दवाव दिन थालिन । गर्भ रहेको थाहा पाएपछि सुवासले विवाह नगरी हत्या गर्ने योजना बनाए । त्यही योजनाका अनुसार सुवासले पुस ४ गते साँझ सालकोट वरिपरी भेट्न दवाव दिए ।अन्तत सुवासको योजना अनुसार नै गितासालकोट पुगिन । गएको पुस ४ गते उनीहरुको सालकोटमा भेट भयो र विवाहको विषयमा कुराकानी भयो । सुवासलाई गिताले विवाह गर्न दवाव दिइन् । सुवासले उनीलाई विवाह गर्ने आश्वासन दिए । त्यपछि उनीहरु जामुने जंगल हुँदै बावियाचौर गए ।बाटामा पहिलेको योजना अनुसार सुवासले गितालाई जामुने जंगलकै भिरबाट धकेले र आफूले त्यहाँबाट हिँडे । प्रहरीका अनुसार सुवासले राति करिब ११ बजे भिरबाट गितालाई धकेलिदिएपछि गिता खोल्सामा रहेको ढुङ्गामा ठोक्किन पुगिन । उनको त्यही ज्यान गएको प्रहरीले बताएको छ । उनी त्यसै रात घर पुगे ।भोलिपल्टै आफू सुरक्षित रहनका लागि उनी वीरेन्द्रनगर हान्नीए । वीरेन्द्रनगरबाट सुवास काठमाडौँ लागे । त्यस पछि उनी काभ्रेपलाञ्चोकमा मजदूरी गरेर बसेका थिए ।प्रहरीले सुवासलाई यसरी पक्रियो प्रहरीले गिता हराएको दिनको २४ घण्टा समयमा कुनकुन नम्बरमा कुरा भएको छ भनेर अनुसन्धान गर्‍यो । फोन डिटेलको आधारमा सुवासलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुवासले गिताको हत्या गरेपछि गिताको मोबाइलको सीम र आफ्नो मोबाइलको सीम त्यही फालेका थिए ।तर, एउटा एनसेलको सीम भने उनले आफूसँगै राखेका थिए । सुवासले त्यही नम्बरबाट गितालाई फोन गर्थेन् । ‘तर घटना घटेको दिन अन्तिम कल एनसेलबाट गिताको मोबाइलमा फोन गएको पाइयो’ एसपी चर्तुवेदीले भन्नुभयो, ‘झुक्एिर एनसेलबाट गितालाई फोन गरेका रहेछन् । पछि हामीले त्यसै नम्बरमा फोन गर्दा फोन गयो । र, सुबास हुन भन्ने पत्ता लाग्यो ।’प्रहरीको फोन व्यापारीको हातमा पर्यो । सुवासले पसलमा पैसा तिर्न नसक्दा मोबाइल पसलेलाई बुझाएका थिए । व्यापारी मार्फत त्यो नम्बर सुवासको भएको पत्ता लाग्यो र प्रहरीले उनलाई पक्राउ गर्यो ।

source:apex sancharsanjal

About Dailynews Pokhara

Check Also

जन्म दिने आमा नै राक्षस भएपछि – धेरै रोएको भन्दै रिसको झोंकमा आफ्नै छोरीको घाँटीमा सल कसेर हत्या गरिन १८ महिने बच्चालाई …..

डेढ वर्षीया छोरीलाई हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । राइनास नगरपालिका–३ ढाँडखर्ककी …