Breaking News
Home / Model photos / नवलपरासीमा जीप दुर्घटना, १ को मृत्यु, ८ गम्भीर घाइते ! – मृत आत्माले शान्ति पाओस

नवलपरासीमा जीप दुर्घटना, १ को मृत्यु, ८ गम्भीर घाइते ! – मृत आत्माले शान्ति पाओस

, नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । बुलिंगटार गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिएको जानकारी अनुसार,बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाका घाइतेहरुलाई अहिले उद्धार गर्ने काम भइरहेको र घटनास्थल दलदलेबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पहाडको खोंचमा रहेकाले उद्धारमा कठिनाई भइरहेको वडाध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए ।सो स्थानमा हालसम्म प्रहरी पुग्न नसकेको र स्थानीयले उद्धार कार्यमा सहयोग गरिरहको अध्यक्ष राना मगरले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य समाचार पद्नुहोस

बलात्कारीलाई फाँसी दिनुपर्छ : मन्त्री लालबाबू

न्यूज ब्यूरो ||
जनकपुरधाम, २९ चैत्त । प्रदेश–२ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने बताएका छन् ।कडा कानुन नबनेसम्म बलात्कारीलाई तह लगाउन नसकिने उनले बताए ।

श्रृङखलावद्ध रुपमा भैरहेका महिला हिंसाका घटनाका पछाडि फितलो कानुन पनि एउटा कारण भएको उनको तर्क थियो।एकडारा गाँउपालिका–स्थित भंगैहामा बुधबार आयोजना गरिएको सम्मान कार्यक्रममा संचारकर्मीको प्रदेशका महिला हिंसा सम्बन्धि प्रश्नको जवाफ दिदै राउतले बलत्कारीलाई फाँसीको ब्यवस्था नगरेसम्म ‘महिला अस्मिता’को सुरक्षा हुन नसक्ने बताएका हुन।

‘फाँसीको कुरा उठाएर मैले संविधान र मानवअधिकारको खिलाफ गर्न खोजेको पनि हैन,’ उनले भने, ‘तर घटनाक्रमलाई हेर्दा ‘रेप’ जस्तो जघन्य अपराधका दोषीलाई फाँसीको सजाय शिवाय केहीले तह लगाउन सक्दैन।’मुख्यमन्त्री राउतले निर्वाचनपछि अपराधको ग्राफ बढ्नुको अर्को कारणमा अधिकारका लागि प्रदेश र संघिय सरकारबीच चलिरहेको द्वन्द्वको अवस्थालाई भएको बताए।

‘चुनावपछि प्रदेश सरकार गठन भयो तर अपराध नियन्त्रणका लागि प्रदेश मातहत न प्रहरी छ, न प्रशासन,’ उनले भने।त्यँही कारण अधिकारविहीन प्रदेश सरकारले जनताले अपेक्षा गरेजस्तो सुरक्षा दिन नसकेको उनले दाबी गरे।अधिकार माग्ने प्रदेश र दिन नचाहने संघिय सरकारका कारण उत्पन्न संक्रमणले पनि आपराधिक प्रवृतिले प्रश्रय पाएको राउतले बताए ।

‘यो संक्रमणकालीन अवस्था अन्त्य नभएसम्म न त हामीलाई प्रहरी प्रशासनले टेर्छन्, न हामी चाहेजस्तो काम गर्न सक्छौ,’ उनले भने।प्रदेश सरकारले बुधबार ल्याएको नीति तथा कार्यक्रममा छोरीको शिक्षामा जोड दिएको भन्दै महिला शिक्षाका लागि विशेष प्रकारको सुविधा राखिएको बताए। प्रदेश २ मा छोरी जन्मने वित्तिकै जीवन विमा गरिदिने सरकाले नीति ल्याएको रावतले बताए।

‘मधेशमा छोरी ‘भार’ नहोउन् भनेर बीमाको नीति ल्याएका हौ, महिलालाई अगाडी नबढाए प्रदेशलाई १ नम्बर बनाउने अभियान अघि बढ्न सक्दैन,’ उनले भने।‘त्यसैले म भन्छु बलात्कारीबिरुद्ध कडा कानुन बन्नुपर्छ। अपराधीमा भय बढोस् महिलाले सुरक्षा महशुस गरुन र प्रदेशको विकास निर्माणमा निर्भिकतासाथ लाग्ने बातावरण सृजना होस्।’ टुडेपाटीमा अनलाईनमा समाचार छ ।

source:khabarsite

About Dailynews Pokhara

Check Also

फर्किए अशोक दर्जी आफ्नै गाउँ । पढेर ठूलो मान्छे बन्ने सपना । Ashok Dargi

source:forseenetwork