BREAKING NEWS
Loading...

नेतामाथि कांग्रेस कार्यकर्ताले दले कालोमोसो

80

अन्तरघात गरेर चुनावमा हराएको भन्दै बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि कालोमोसो दलिएको छ ।अन्तरघात गरेर पार्टीका उम्मेदवारलाई हराएको भन्दै बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले पौडेललाई कालोमोसो दलेको हो ।पौडेलले आफूमाथि पार्टीकै कार्यकर्ताले कालोमोसो दलेको पुष्टि गरे । कोहलपुर नगरपालिकाको मेयरमा एमालेका लुट बहादुर रावत निर्वाचित भएका छन् भने मेयर काँग्रेसका सञ्जु चौधरी बिजयी भएकी छन् ।कांग्रेसतर्फका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएपछि पुडासैनीको समूहले घरमै गएर दुर्व्यवहार गरेको बताइएको छ । पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।

No votes yet.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *