BREAKING NEWS
Loading...

वाम गठबन्धनका यादवको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वोच्चद्वारा सदर

15

सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ। यादव सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार थिए।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो।

यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो।

सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि बुधबारलाई बोलाएको थियो।

२०६२/०६३ को आन्दोलनमा कांग्रेस छोडी मधेसी जनअधिकार फोरममा प्रवेश गरेका राय २०६४ सालको निर्वाचनमा फोरमबाट विजयी भएका थिए। २०७० सालको निर्वाचनमा तमसपाबाट चुनाव लडेका राय पराजित भएपछि २०७४ सालमा राजपा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन्।

सर्लाही क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका यादव, कांग्रेसका अमरेशकुमार सिंह र राजपा नेपालका राकेशकुमार मिश्रसहित १६ उम्मेदवार छन्। यी मध्ये १० जना स्वतन्त्र उम्मेदवार छन्।

No votes yet.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *