BREAKING NEWS
Loading...

कांग्रेस कार्यकर्ताद्वारा खुकुरी र रड प्रहार गर्दा उपाध्यक्षका छोरा घाइते

168

तनहुँको घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीमा गएराती एमाले कार्यकर्ता माथि कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् । सो घटनामा एमालेका दुई जना घाइते भएका छन् । गजरकोटबाट असई विष्णु खड्काले दिएको जानकारी अनुसार झडपमा सोही ठाउँ निवासी २१ बर्षिय विदुर सिग्देल र १७ बर्षिय सफल सिग्देल घाइते रहेका छन् । घाइते विदुर एमालेको तर्फबाट घिरिङ गाउँपालिकाको निर्वाचित उपाध्यक्ष सरस्वती सिग्देलका छोरा हुन् । घाइतेद्धयलाई उपचारका लागि पोखरा लगिएको छ । सो घटनाको एमाले तनहुँका उपसचिव विष्णुभक्त सिग्देलले सो घटनाको भत्र्सना गरेका छन् ।

साभारःरातोपाती

Rating: 4.0. From 1 vote.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *