BREAKING NEWS
Loading...

म्बुसबाट ‘भाग्य’ले जोगिए डा. रामशरण महत

71

१ मंसिर, काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट भयो । बिष्फोटनमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भए ।अहिले उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । एम्बुसबाट करिब डेढ सय मिटर अगाडि डा. महतको गाडी थियो ।अक्सर गाडीको लस्करको बीचमा भीआईपीको गाडी हुने गर्छ । सायद आक्रमणकारीले पनि त्यही सोचेर बीचको गाडीलाई धरापमा पारेका थिए ।तर, शुक्रबार डा. महत सबैभन्दा अघिल्लो गाडीमा थिए । र, जोगिए।घटनाका प्रत्यक्षदर्शी नुवाकोटबाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेशकुमार महतसँग अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ ।

‘थोरैले बच्यो महतको गाडी’

रमेश महत, नुवाकोट, प्रदेशसभा उम्मेदवार

ककनी–७,चतुरालेमा चुनावीसभा थियो । त्यसलाई सम्बोधन गर्न डा. रामशरण महतसहितको टोली त्यसतर्फ जाँदै थियो । उहाँको गाडी सबैभन्दा अगाडी थियो ।पछाडि लस्करै तीन वटा गाडी थिए । डा. सा’बको गाडी र पछाडिको गाडीबीच डेढ सय मिटर जतिको दुरी थियो । उहाँको गाडी थोरैले बच्यो ।काउलेथामा पुगेपछि हामी चढेको गाडीलाई लक्षित गरी बम विष्फोट भयो, ठूलो आवाजसहित । विष्फोटपछि गाडी उत्तानो परेर पल्टियो ।पछाडिको गाडीमा रहेका हामी विष्फोट लगत्तै गाडीबाट निस्कियौं । दुर्घटना गाडीमा हेर्दा ५ जना घाइते थिए । अहिले उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

 

 

साभार:अनलाइनखबर

 

No votes yet.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *