BREAKING NEWS
Loading...

होचा कलाकार ‘दिपेन सर’ को निधन

1428

काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ ।उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । उनीको उचाई ३१ इञ्च मात्र थियो ।धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् ।उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।

साभार:अनलाइनखबर

Rating: 5.0. From 2 votes.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *