BREAKING NEWS
Loading...

छोरीलाई जवरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ

61

आफ्नै छोरीलाई बारम्बार जबरजस्तीकरणी प्रयासको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।१९ वर्षीया छोरीलाई मादक पदार्थ सेवन गरेर बारम्बार जवरजस्तीकरणीको प्रयास गर्ने गण्डकी गाउँपालिका-७ दर्वुङका ४२ वर्षीय उक्त व्यक्तिलाई प्रहरीले शुक्रवार पक्राउ गरेको प्रहरी निरीक्षक कमला नरालले बताइन् ।अाफ्नै बुवाले बारम्वार जवरजस्तीकरणीको प्रयास गरेपछि पीडित (छोरी) कात्तिक २ गते आˆनो कोठा छाडेर दाइको कोठामा सुतेकी थिइन् ।सोही दिन पनि रातको समयमा बुवा मादक पदार्थ सेवन गरेर आएको र आफूलाई कोठाबाट बाहिर जान भनेको पीडितले दिएको उजुरीलाई उदृत गर्दै प्रहरी निरीक्षक नरालले बताइन् ।बाहिर जान नमानेपछि त्यही हातपात गर्न खोज्दा उनी चिच्याएसँगै घरका अन्य सदस्यले थाहा पाएका थिए ।घरका सदस्यले थाहा पाएसँगै उनीहरुले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।उजुरी दिएसँगै पीडकलाई सोही दिन घरबाटै पक्राउ गरिएको इन्स्पेक्टर नरालले जानकारी दिइन् ।पक्राउ परेका उक्त व्यक्तिलाई जबरजस्तीकरणी उद्योग अन्तरगत मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

साभार ओन्लाइनखबर

No votes yet.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *