BREAKING NEWS
Loading...

हाल मलेशियामा रोजगारका निम्ति काम गरि रहेका नेपालीको लाखौं ठग्ने ठग

59

हाल मलेशियामा रोजगारका निम्ति काम गरि रहनु भएका मेरा सम्पुर्ण आदरणीय बुद्धिजीवी साथीहरूमा आज म हजुरहरु समक्ष 10 औंला 🙏जोडेर नमन गर्दछु। कुरा खासमा एक जना मान्छेले मलेसिया यश ठेगना अन्तर्गत ,,shah alam सेक्सन 27 स्थित एउटा दम्पतीले नेपाली होटल संचालन गर्दै आएको थियो। होटल संचालक नेपाल स्थाइ घर भै,मोरङ जिल्ला सुन्दरकोशी हरैचा नगरपालिका वार्ड नम्बर ५ बस्ने देब बहादुर गिरिका छोरा चेवन प्रशाद गिरि पासपोर्ट नम्बर 05694555 ले मेरो अत्यन्तै मिलान सार साथी युवाराज शर्मा लगायत धेरै जना नेपाली कामदार साथीहरू बाट मलेसियन रिङ्गिट 1 लाख 68 हजार 7 सय लिएर फरार🏃🏃 भएको हुँदा सम्बन्धित ब्यक्तिलाई जो कोहि साथीहरु ले देख्नु भएमा र चिन्नु भएमा,प्लिज साथीहरू यश नम्बर मा ,,,,,,,,01133480190 र 01139258355 मा तुरुन्तै खबर गरि दिनु हुन हार्दिक हार्दिक विनम्र अनुरोध गर्दछु। त्यो मान्छे मलेसिया मै छ। कारण उहाँको श्रीमती प्रेगनेन्ट हुनु हुन्छ 7 महीनाको बच्चा छ पेटमा उहाँकै श्रीमतीले होटल चलाउनु हुन्थ्यो र उहाँहरु दुई जनाकै मिलेमतोमा यस्तो गरिएको हो जुन उहाँको श्रीमान चेवन गिरि चाहि प्रभु बैक, प्रभु मनि ट्रान्सफरमा काम गर्नु हुन्थ्यो हरेक महिना नेपाली कामदार साथीहरूले बिश्वासमा उहाँलाई पैसा हाल्न पठाउथ्यो र पिन नम्बर पनि दिनु हुन्थ्यो तेसैले सबै साथीहरूले राम्रै बिश्वास गर्नु हुन्थ्यो किनभने साथीहरू लाई पैसा हाल्न आफै पनि टाढा k.l सम्म जानू नपर्ने भए पछि साथीहरू पनि खुशी नै थियो। कोहि साथीहरू ले त दशैमा साहुको ऋण तिर्नलाई पनि घर पैसा पठाएको रहेछ अब के होला उनीहरुको अवस्था,,यो दशैको अवसर पारेर चोर बुढाबुढीले 100 जना भन्दा बढी नेपालीलाई बिजोग बनायो। हेर्नूस त कति जनाको छोराछोरी भोकै हुने वाला छ यो दशैमा सबैको दशै खर्च पोको पारेर फरार 🏃👬छ सम्पर्क बिच्छेद छ👆 कहिँ कतै बाट सम्पर्कमा न आए पछि र फेसबुक बाट समेत फोटोहरु डिलेट गरे पछि पीडित पक्षले यो कदम चाल्न बाध्य भएको कुरा पनि सम्पुर्ण साथीहरू माझ जानकारी गर्दा छु। र अहिले सम्म 5 जना साथीहरू ले पुलिस रिपोर्ट गरि सकेको छ,र बाँकी साथीहरू बाट पनि रिपोर्ट जारी छ। प्लिज यस्तो बेलामा यसरी सयौं लाई रुवाउने काम नगर्नु होला भलो हुने छैन तपाईं लाई र तपाईं जसरी पनि कानुनी कठघरामा उभि नै पर्छ कति दिन अरुलाइ तडपाउनु हुन्छ। प्लिज तुरुन्तै सम्पर्कमा आउनुस यस्तो काम कसरी र किन गर्नु भयो कुनै बाध्यतामा पर्नु भएको छ कि सत्यतथ्य के हो? किन यसरी मान्छेलाई 6 महिना सम्म बिश्वास दिलाउनु भयो र बैकको कारोबार पनि राम्रै गर्नु भयो पैसा पनि समय मै पाउने राम्रो गर्दै आउनु भएको थियो। अहिले दशैको मौका पारेर यस्तो घृणा लाग्दो हर्कत गर्न लाज लाग्दैन?सबै नेपालीहरु लाई राम्रै खान पनि ख्वाउनु भयो अहिले आएर त्यो खान खाने साथीहरूलाई समेत भोकभोकै बनायो किन??ल है साथीहरू लेख्न धेरै थ्यो यति मात्रै लेखेको छु। मेरो बिन्ती🙏 छ म संग जति नै फेसबुकमा साथीहरू हुनु हुन्छ सबैमा शेयर गरेर उहाँ सम्म पुर्याइ दिनुस ताकी सबैको छोराछोरीहरु ले दशै मान्न पाओस् प्लिज🙏 प्लिज🙏 साथीहरू शेयर गरि दिनु होला। धन्यवाद धन्यवाद।

No votes yet.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *