BREAKING NEWS
Loading...

सेती नदीमा तैरिदै गरेको अवस्थामा दुईजनाको शव फेला (भिडियो सहित)

467

शुक्लागण्डकीको सेती नदीमा दुईवटा शव फेला परेको छ । शुक्लागण्डकी ४ दुलेगौडाको रक गार्डेनको भुमरीमा शव देखिएको हो । नदीमा शव देखा परेपछि स्थानियलाई खबर गरेका छन् । शव स्थानियले आईतबार साँझ उक्त भुमरीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । एक पुरुष र एक महिलाको शव सेती नदीको भुमरीमा तैरिएको अवस्थामा छ । ईलाका प्रहरी कार्यलय बेलचौतारबो टोलि आईतबार साँझ सो स्थान पुगे पनि निकाल्न नसक्ने भएपछि फर्किएको थियो ।

सो शव गत सोमबार पोखरा लेखनाथ ३३ मा रहेको पशुपतिघाटमा नुहाने क्रममा बेपत्ता भएका तिन जनामध्ये हुन सक्ने बताईएको छ । शव देखिएको बारे कास्की प्रहरीमा खबर गरिएको ईलाका प्रहरी कार्यलय बेलचौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

दाङ जिल्ला साविकको ताप्रे गाविस ७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ बर्षीय संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार नुहाउने क्रममा बेपत्ता भएका थिए । यसअघि बुधबार साँझ संगीता नेपाली शव तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको थियो । प्रहरीले नदि किनारबाट बगेका तीनै जनाको कपडा र मोवाइल फेला पारेको थियो ।

Rating: 2.8. From 6 votes.
Please wait...

Loading...


One thought on “सेती नदीमा तैरिदै गरेको अवस्थामा दुईजनाको शव फेला (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *