BREAKING NEWS
Loading...

भोटेकोशीको लार्चा पुल भत्कियो : तातोपानीसँग सम्बन्धविच्छेद

26

अविरल वर्षाका कारण ढिस्को खसेपछि तातोपानी नजिक पर्ने भोटेकोशीको लार्चा पुल भत्किएको छ । ढिस्कोको भार सहन नसकी पुल दुई टुक्रा भएको छ।

प्रहरीले दिएको जानकारी अनुसार, निरन्तर वर्षा परेसँगै आइतबार साँझ ७ बजेतिर ठूलो ढिस्कोसहितको पहिरो पुलमाथि खसेको खबर आजको कान्तिपुरमा छ ।

पुल भत्किएपछि तातोपानी गाविसपट्टिका बासिन्दा जिल्लासँग एक्लिएका छन्। गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले उक्त पुलमा क्षति पुगेको थियो ।

कान्तिपुर अनलाईनले सशस्त्र प्रहरी बलका डीएसपी बिमल डाँगीको भनाई उद्दृत गर्दै भोटेकोसी थुनिएर बाढी आउने जोखिम बढेको उल्लेख गरेको छ ।

No votes yet.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *